कुलिङ पिरियडमा हेरफेरःसंसदीय विशेष समितिद्वारा काम सुरु

असार २५
काठमाण्डौँ।
संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियड हेरफेरमा सङ्लग्नको छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरु गरेको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा हिजो सभामुख देवराज घिमिरे सहित बसेको समितिको पहिलो बैठकले कार्ययोजनाको तालिका बनाउने सहमति गरेको छ ।
समितिको क्षेत्राधिकारअनुसारको कार्यतालिका बनाएर तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी काम सुरु गरिएको सभापति जीवन परियारले जानकारी दिनुभयो ।
पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी समितिलाई २१ दिनको समय दिइएको छ ।
समितिले निजामती सेवा विधेयकमा सेवा निवृत्त कर्मचारीले अर्को नियुक्ति लिन २ वर्षको कुलिङ अफ पिरियड राख्ने प्रावधान हेरफेरमा संलग्नको पहिचान गरी कारबाहीको सिफारिस गर्नेछ।