बाढीले १२ किलोवाटको लघु जलविद्युत् आयोजना बगायो

बाढीले १२ किलोवाटको  लघु जलविद्युत् आयोजना बगायो

असार २५
बागलुङ । अविरल वर्षासँगै आएको बाढीले बागलुङमा रहेको १२ किलोवाटको लघु जलविद्युत् आयोजना बगाएको छ । 

बागलुङको जैमिनी नगरपालिका ९ पैयुथन्थापस्थित कालुङखोलामा आएको बाढीले लघु जलविद्युत् आयोजना बगाएको हो ।


खोलामा आएको बाढीले कालुङखोला लघु जलविद्युत आयोजनाका साथै तीन वटा झोलुङ्गे पुल र एक वटा गोरूसमेत बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । 

लघु जलविद्युत् बगाएपछि झन्डै एक सय घर परिवार अन्धकारमा बस्न बाध्य छन् । बाढिकै कारण १० घर जोखिमा परेका छन् । उनीहरूलाई अहिले सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ । 


बाढीले स्थानीयको झन्डै पाँच सय भुरी उत्पादन हुने खेतसमेत बगाएको र क्षतिको पुर्ण विवरण आउन बाँकी रहेका प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।