गजलकार शङ्कर घर्ती मगरको गजल संग्रह ‘उज्यालो भित्रको अँध्यारो’ भव्य समारोहकाबीच लोकार्पण

ओमसरा घर्ती मगर
साउन–४,२०८२
रोल्पा। युवा गजलकार शङ्कर घर्ती मगर द्वारा लिखित गजल संग्रह ‘उज्यालो भित्रको अँध्यारो’ को लोकार्पण एक भव्य साहित्यिक समारोहका बीच सम्पन्न भएको छ।
युग दर्पण साहित्यिक समाजको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, स्थानीय नेताहरू, समीक्षक र युवा सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा माडी गाउँपालिका सरकारको विशेष सहभागिता रहेको थियो, जसअन्तर्गत गाउँपालिका प्रमुख अमरसिंह घर्तिमगरले गजलकार शङ्कर घर्ती मगरको कृतिप्रति सम्मान र कदर जनाउँदै साहित्य प्रवर्द्धनका निम्ति पाँचवटा ऐतिहासिक घोषणा गर्नु भयो।
ऐेतिहासिक घोषणाहरुः
१। गजलकारको कृतिलाई स्थानीय सन्दर्भको पाठ्यसामग्रीमा समावेश गर्ने।
२। पालिकाले कृति खरीद गरी आगन्तुक पाहुनालाई उपहारस्वरूप प्रदान गर्ने।
३। आगामी माडी प्रज्ञा प्रतिष्ठान कार्यक्रममार्फत लेखकलाई सम्मान तथा पुरस्कार प्रदान गरिने।
४। नयाँ प्रतिभा पहिचानका लागि युग दर्पण साहित्यिक समाजसँग सहकार्य गरिने।
५। कला(साहित्यको उत्थानका लागि दीर्घकालीन नीति निर्माण गरिने।
कार्यक्रममा समीक्षक आभाष बेसहारा ले मन्तव्य दिँदै भनेस् “साहित्यप्रति यति गहिरो प्रतिबद्धता देखाउने सरकार पाउनु सर्जकका लागि उत्साहको विषय हो।
माडी गाउँपालिकाले उदाहरणीय घोषणा गरेर सृजनशीलतालाई कदर गरेको छ।”
कार्यक्रमको सफलताले युवा प्रतिभाको उत्थान र स्थानीय सरकारको सकारात्मक दृष्टिकोणलाई उजागर गरेको छ।
आयोजक युग दर्पण साहित्यिक समाजले भविष्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको सहकर्मी ओमसरा घर्ती मगरले जानकारी दिनु भयो।