नेपाली काँग्रेस नगर कार्य समितिको बैठक तथा छलफल सम्पन्न

नेपाली काँग्रेस नगर कार्य समितिको बैठक तथा छलफल सम्पन्न

सुरेश छन्त्याल         
भदौँ-१४              
बागलुङ।गलकोट नगरपालिका–३ हटियामा नेपाली काँग्रेस नगर कार्य समितिको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नगर पार्टी कार्यालय हटियामा भएको कार्यक्रममा नगर कार्य समितिका सभापति विरजंङ भण्डारीले सभापतित्व गर्नु भयो।

कार्यक्रममा संविधान सभा सदस्य निरज पुन, प्रदेश सभा 'ख' का सदस्य दोर्ण कुवर, प्रदेश सभा 'क' का सभापति तिलक घर्ति, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल, जिल्ला सह–सचिव फमबहादुर खत्री, विभिन्न भातृ संगठन, महिला संघ, शुभेच्छुक संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा पार्टीलाई कसरी सुदृढ गर्ने, पार्टी कमजोर हुनुका कारण, वडास्तरका समस्या र समाधानका उपाय, पार्टीले उठाउँदै आएको शुल्कसम्बन्धी प्रश्न, गलकोटमा इलाका प्रशासनको आवश्यकता, क्रियाशील सदस्यता नवीकरण, र डेलिगेसन पठाउने विषयमा विस्तृत छलफल गर्दै निर्णय गरिएको छ।
कार्यक्रमको सञ्चालन पार्टीका सह–सचिव टिकाराम गौतमले गर्नु भएको थियो।