रास्वपामा देखिएको जनलहरले प्युठानको राजनिति तरङ्गित

भदौँ-१
प्युठान । प्यूठानमा एकैपटक २५६ जना विभिन्न दल छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय नागरिक स्वतन्त्र मञ्च बनाएर बसेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली काँग्रेस क्षेत्र ‘क’ का उप-सभापति रेशम बहादुर ठेडी, एमालेका दलबहादुर केसी लगायत कांग्रेस–एमाले–माओवादी सहितका दलका नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेको सो पार्टिका जिल्ला संयोजक विकास पोख्रेलले जानकारी दिनु भयो
उनीहरूलाई पार्टी प्रवेश गराउँदै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रदेश अध्यक्ष देवराज पाठकले सदस्यता प्रदान गर्नु भयो।
कार्यक्रममा महामन्त्री बुर्लाकोटीले रास्वपालाई “सबै नेपालीको केन्द्र”को रुपमा अगाडि बढाउने बताउँदै, अब जनताको समस्या समाधानमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गर्नु भयो।प्रदेश अध्यक्ष पाठकले प्युठानमा भएको ठूलो संख्याको प्रवेशले देशव्यापी सन्देश दिएको उल्लेख गर्दै रास्वपा जनलहर फैलिँदै गएको दाबी गर्नु भयो।
रास्वपाले प्युठानका सबै नौ स्थानीय तहमा संगठन विस्तार भएको जनाएको छ। २०७९ सालको प्रदेश तथा संघीय निर्वाचनमा पार्टीले समानुपातिक तर्फ झण्डै ६ हजार मत ल्याएको थियो भने प्रतिनिधिसभा तर्फ उम्मेदवार कृष्ण प्रसाद पोख्रेलले ३ हजार ३१८ मत पाउनु भएको थियो।
प्युठानमा एकै मञ्चमा २५० जनाले विभिन्न दल त्यागेर राष्टिय स्वतन्त्र पार्टिमा प्रबेश गरे पछी प्युठानको राजनीतिमा तरंग आएको छ।