तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जन विश्वास मिडिया
भदौँ-८
प्युठान। जन प्राणी आधारभूत विद्यालयले हरितालिका तीज -२०८२ का अवसरमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं-१ कुसुण्डे अवस्थित उक्त विद्यालयले आज एक विशेष कार्यक्रमको आयोजना गरि तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।विद्यालयका प्रधानाध्यापक गोपाल गुप्ताको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभाव संघका प्रतिनिधि,शिक्षक,स्थानीय समजसेवी तथा बौद्धिक सर्कल,विद्यार्थी ,अभिभावक लगाएतको उत्साहबर्दक उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा तीजप्रति पछिल्लो समय हराउँदै गएको मौलिकपनलाई जोगाइ मौलिक कला र संस्कृतिको जगेर्ना/संरक्षण स्वरुप कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गुप्ताले बताउनु भयो।
कार्यक्रममा विद्यार्थी तथा शिक्षक द्वारा तीज गितमा नृत्य प्रस्तुत गरिएको थियो।
यस्तै विद्यालयले आजै तीजको दरखाने कार्यक्रम समेत गरेको छ।कार्यक्रमको सञ्चालन शिक्षक टोपराम खत्रीले गर्नु भएको थियो।