रेडक्रस प्यूठानको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न

रेडक्रस प्यूठानको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न

पवन पोख्रेल      
११ श्रावण २०८२       
प्यूठान।ने.रे.सो प्यूठान जिल्ला शाखाको आयोजनामा ६० औँ रक्तसंञ्चार सेवा दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

जनता मा.वि बाग्दुलामा आज सम्पन्न  कार्यक्रमको अध्यक्षता प्यूठान जिल्ला सभापति गुमान राज पुलामीले गर्नु भएको थियो ।

कार्यक्रममा  जनता मावि बाग्दुलाका प्र.अ इन्द्रमणि पोख्रेल, गौमुखी मा.बि का जायेश्वर जैसी धर्मावति उपशाखा सभापति हरि सुबेदीआदिले सान्दर्भिक  बिषयमा शाखाले प्रतियोगिता राखेर सुसुप्त प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुगेको बताउनु भयो ।


प्यूठान जिल्लामा  ११-१२ सञ्चाललन भएका ३२ विद्यालय मध्ये १२ सहभागि भएको उक्त कार्यक्रममा प्रथम मुक्ति मा.बि का सुवास पुरी ,द्दितीय  महेन्द्र मा बि सराङबेशिकि तारा भणडारी ,तृतिय  गौमुखी मावि कि सङ्गिता गिरी ,सान्त्वना भानुभक्त मा बि बर्बोट की तुलसा पुन भएकी थिईन बिजेता भाईवहिनीहरूलाई पुरस्कार रासी क्रमश ५०००, ३००० ,२०००,१५०० रहेको थियोे । 


कार्यक्रमको मूल्याङ्कन समितिमा संयोजक गेहराज शर्मा पण्डित,सदस्य गेहराज थापा,सदस्य कल्पना खडका रहनु भएको थियो ।


भोलि साउन १२ गते परेको रक्तसञ्चार  सेवा दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको साथै भोली पुरस्कार वितरण गरिने र सोहि अवसरमा  रक्तदान कार्यक्रमको आयोजना गर्ने र विभिन्न रक्तदाता, संघ संस्थालाई र पालिकाहरुलाई  सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

कार्यक्रमको सञ्चालन रेडक्रस प्यूठानका मन्त्रि दामोदर शर्माले गर्नुभएको थियो ।