रास्वपा प्रवेश मौलाउदै गएको भष्ट्राचार निवारण र व्यवस्था परिवर्तनका लागि हो:-ठेंडी

रास्वपा प्रवेश मौलाउदै गएको भष्ट्राचार निवारण र व्यवस्था परिवर्तनका लागि हो:-ठेंडी

भदौ-३              
प्युठान।अस्तिमात्र रास्वपा प्रवेश गर्नु भएका नेता रेशम बहादुर ठेंडीले नेपाली काङ्ग्रेस पार्टी नेतृत्वमा देखिएको स्वार्थीपना र मुटभेटका कारण आफूले पार्टी छोड्नु परेको जिकिर गर्नु भएको छ।

जन विश्वास मिडियाको प्रस्तुती आजको सन्दर्भमा कुराकानी गर्दै ठेंडीले यस्तो बताउनु भएको हो।नेपाली काङ्ग्रेसमा लामो समय पालिका कमिटीको सभापति हुँदै प्रदेश क्षेत्र 'क' को उप-सभापति सम्मको नेतृत्व गर्दा आफुले पार्टीलाई बलियो  बनाउन संगठन विस्तारमा महत्वपुर्ण योग्दान दिएको उल्लेख गर्नु भयो।

उहाले वि.सं २०७४ सालको स्थानीय निर्वाचनमा राजमो सहितको गठबन्धन का तर्फबाट गाउँपालिका अध्यक्ष र २०७९ मा माओवादी केन्द्र सहितको गठबन्धनबाट वडा सदस्यमा भएको पराजय गठबन्धकै उपज भएको दावी गर्नु भयो।

गठबन्धन गरिएकै कारण कार्यकर्ता रुष्ट हुँदा सोचे जति मत प्राप्त नहुदा पराजित हुनु परेको उहाँको भनाई छ।

ठेडिले पछिल्लो समय केन्द्र देखि पालिका सम्म नै नेपाली काङ्ग्रेसको नेतृत्व र निर्वाचित जनप्रतिनिधिमा स्वार्थ र दम्ब बढेकाले चाहँदा चाहँदै पनि पार्टीमा बस्न नसकेको भन्दै दुस्ख व्यक्त गर्नु भयो।

हाँले रास्वपामा प्रवेश  कुनै पद र प्रतिष्ठाका लागि भन्दा पनि मौलाउदै गएको भष्ट्राचार निवारण र व्यवस्था परिवर्तनका लागि भएको बताउनु भयो।यस्तै ठेंडीले ४-६ महिना आम जनताको राय,सुझाव र सल्लाह प्राप्त नहुँदा सम्म पार्टीको कुनै पनि कमीटीमा नबस्ने र आगामी २०८४ को स्थानीय निर्वाचनमा समेत आफ्नो तर्फबाट कुनै पदका लागि उमेद्वारी नरहने उद्घोष गर्नु भयो।