नेरेसो माण्डवी उपशाखाको सातौ साधारणसभा सम्पन्न 

नेरेसो माण्डवी उपशाखाको सातौ साधारणसभा सम्पन्न 

पवन पोख्रेल            
मंसिर-२९                   
नेपाल रेडक्रस सोसाईटि माण्डवी उपशाखा प्यूठानको सातौ साधारणसभा हिजो  माण्डवी गा.पा -३ देविस्थान बगैंचामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माण्डवी गा.पा उपाध्यक्ष पुर्ण कालाथोकी,विशिष्ट अतिथिहरूमा नेरेसो जिल्ला शाखा प्युठानको उपसभापति  हिमा भण्डारी , टोपाराम आचार्य नेरेसो जिल्ला शाखा प्युठानका पुर्व उपसभापति रहनुभएको थियो  त्यसैगरी अतिथिहरूमा नेरेसो माण्डवी उपशाखाका पुर्व सभापति शंकर आचार्य र जेष्ठ आजिवन सदस्य नित्यानन्द आचार्य रहनुभएको थियो ।

कार्यक्रममा आजिवन सदस्यहरू र साधारण सदस्यहरूको उल्लेख्य  सहभागी रहेको थियो । कार्यक्रममा  प्रगति प्रतिवेदन उपशाखा सचिव रामचन्द्र पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विष्णुमाया पौडेलले गर्नुभएको थियो । 

साथै कार्यक्रममा नव आजिवन सदस्यहरूलाई प्रनुख अतिथीको हातबाट टिका,अविर र फुलमाला सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रमको सञ्चालन  सचिव रामचन्द्र पौडेलले गर्नुभएको थियो ।