गलकोटमा भ्यान दुर्घटना, ६ जना घाइते

गलकोटमा भ्यान दुर्घटना, ६ जना घाइते

सुरेश छन्त्याल         
भदौ-६         
बागलुङ।बागलुङको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज दिउँसो विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

गलकोट नगरपालिका–३ को ग १ झ ७४३ नम्बरको भ्यान गलकोट–५ हरिचौरबाट हटिया आउँदै गर्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

 घाइते हुनेमा १८ वर्षीया सुस्मिता बि।क, १८ वर्षीया प्रमिला बि।क, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा रहेको  इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिनु भयो।


हाल उनीहरूको उपचार गलकोट नगर अस्पतालमा भइरहेको छ।तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो।