चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान २०८२ सम्पन्न

चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान २०८२  सम्पन्न

काठमाडौं  ।  ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सभ्य, भव्य रुपमा सम्पन्न भएको छ ।

उपमा सञ्चार प्रा।लि। र तेजनेपाल मल्टिमिडिया प्रा।लि।को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि।सि। विशिष्ठ अतिथि, उपमा सञ्चार प्रा।लि।की अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको विशेष अतिथिमा सम्पन्न कार्यक्रममा विशिष्ठ कलाकार सविन बास्तोला, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, वरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम, वरिष्ठ लोक गायक तथा संगीतकार राजन भुजेल विश्वकर्मालाई श्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी दशक सम्मानबाट गायिका माण्डवी त्रिपाठी, लोक गायक कुलेन्द्र विश्वकर्मा, लोक गायिका देवी हमाल, सिनेम्याटोग्रफर नीरज कँडेल, गायक बिनोद ढकाल, गायक दिपक चौलागाईं, कलाकार पन्हा अधिकारी, गायिका कविता राउत, गायक चेतम गोतामे, गायिका शोभा पाण्डे, गायिका सरला राउत, गायिका मनु थापा मगर,  पत्रकार रिदेन महर्जन, सञ्चारकर्मी निर्मल पौडेल, बिक्रम सुनार, ग्राफिक्स डिजाईनर, सम्पादक रमेशमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

बरिष्ठ गायक नन्द कृष्ण जोशीले अष्मी गौतमको संस्थाले गायन, नृत्य, अभिनय, पत्रकारिता लगायतका विधाहरू समावेश गरेर छनौट गर्न सफल हुनुको पछाडी उनको टीमको अतुलनीय योगदान रहेको चर्चा गरे । उनल असल कर्मले महान् बनाउने भएकाले निरन्तर रुपमा उत्प्रेरित गरेका थिए ।

कार्यक्रम उपमा सञ्चारका उपाध्यक्ष राम कृष्ण पाण्डे ‘अमन एकल’ ले आज अत्यन्तै गौरवको अनुभूति भएको छ मलाई निक्कै नै संघर्षपूर्ण यात्रा पश्चात चौथो गण्डकी राष्ट्रिय अर्वाड २०८२ मा आइपुगेको छौं । यो स्थानसम्म आइपुग्दा यहाँ विभिन्न किसिमका प्रतिभा भेटियौं, विभिन्न किसिमका परिश्रमहरू भेटियौ , आज सकारात्मक योगदान दिनु हुनेहरूलाई अर्वाड दिने, सम्मान गर्ने घोषणा गरिएको जनाउँदै कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण महानुभावहरूलाइ स्वागत मन्तव्य राख्नु भयो ।

अवार्ड बिजेताहरुमा ः सिताराम परियार, छवि घिमिरे, होमनाथ कुंवर, बिनय कार्की, सारु मगर, अस्मिता गोर्खाली, श्याम राना, शितल शर्मा, पुजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी, थुमन शर्मा, भुवन के। पोख्रेल, देव नारायण मगर, सबिता परियार, कल्पित मिनु, सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, बिनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करन कँडेल, राजु तिमल्सिना, प्रिती पुन मगर, बिना ठकुरी, नरेश के।सि।, समिर तिमल्सिना, शोभा त्रिपाठी, बिमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनिषा बुढा, दशरथ डंगोल, संजय थिङ, भिमसेन सापकोटा, कबिता पुन मगर, कबिता खत्री, तुलसा सुनुवार, सुवास गडाल, इन्द्र बस्याल रहनु भएको थियो ।

कार्यक्रममा ग्राभिटी ट्युसन सेन्टर, एसिया प्यासिफिक स्कुल कलेज, एडिफाई कन्सल्टेन्सी, सुटमाला, एवान टेलर्स, एन एस अटोमोबाइल्स, काठमाडौ पोडवे, पिके कन्स्ट्रक्सन लगायत विभिन्न संघ संस्थाको विशेष सहयोग रहेको थियो । त्यस्तै राष्ट्रिय दैनिक, राष्ट्रिय साप्ताहिक, विभिन्न अनलाईन मिडिया लगायतको पनि सपोर्ट रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल भनेको संस्कृतिक विविधताले भरिएको चर्चा गर्दै  हाम्रा पुरानो संस्कृतिहरू पनि जोगाइ राख्नु पर्ने दायित्व रहेको जनाउनु भयो । उहाँले कुनै समाज रूपान्तरमा गीत संगीतले महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै हामी जस्ता राजनीति कर्मीहरूले दिने भाषणको माध्यमबाट आफ्ना सन्देशहरू प्रभाव गर्ने भन्दा प्रभावकारी ढंगबाट गीत संगीतबाट प्रभाव गर्न सकिने बताउनु भयो।

कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकी अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले कार्यक्रममा श्रष्टा, सर्जकहरुलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको साथै सबैको साथ सहयोग उत्तिकै महत्वपूर्ण रहेको भन्दै सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने कार्यक्रमलाई कुशल कार्यक्रम उद्धघोषक पिएन सापकोटाले सहजीकरण गर्नु भएको थियो ।