जाजरकोटमा बाल उद्धार केन्द्रका बालबालिकालाई खाद्यान्न वितरण

भदौ-३
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेस्थित (बाल उद्धार केन्द्र)मा शारदा बहुउद्देश्यीय मिडिया प्रा.लिले सानो सहयोग वितरण गरेको छ।
संस्थाका अनुसार सहयोगमा चामल दुई बोहोरा, तेल दुई पाकेट र दुई केजि दाल वितरण गरिएको हो। यो सहयोग ठूलो वा सम्पन्न भएर गरिएको होइन, बरु केन्द्रमा रहेका भाइबहिनीहरू प्रति स्नेह र मायाको सानो अभिव्यक्ति स्वरूप गरिएको हो।
बाल उद्धार केन्द्रमा हाल १० जना बालबालिका आश्रित रहेका छन्। उनीहरूलाई दैनिक जीवनयापनका लागि खाना, कपडा तथा शैक्षिक सामग्रीको अभाव रहेकोले थप सहयोगको आवश्यकता रहेको केन्द्रका संस्थापक अध्यक्षले बताएका छन्।
सन्जोगवश, सहयोग प्रदान गरिएको दिन १८६औं विश्व फोटोग्राफी दिवस (अगस्ट १९)पनि परेकोले, सो अवसरमा देश–विदेशमा कार्यरत सम्पूर्ण फोटोग्राफरहरूलाई शुभकामना व्यक्त गरिएको छ।