जे.वाइ.सि मगर समाजद्वारा पेक्सर पातालेमा सडक बत्ती र इन्टरनेट जडान

जे.वाइ.सि मगर समाजद्वारा पेक्सर पातालेमा सडक बत्ती र इन्टरनेट जडान

टोपराम केसी     
साउन–८,२०८२         
चन्द्रकोट गाउँपालिका गुल्मी।जे.वाइ.सि मगर समाजले पेक्सर पातालेमा सडक बत्ती र इन्टरनेट जडान गरेको छ।

गुल्मी जिल्लाको सुदुर पुर्वी क्षेत्र अन्तर्गत  पर्ने चन्द्रकोट गाउँपालिका –५ स्थित पेक्सर पातालेमा दुई वटा छुट्टाछुट्टै जे.वाइ.सि मगर समाजको संयुक्त प्रयासमा उक्त कार्य सम्पन्न गरिएको हो।

दुवै क्लबको संयुक्त पहलमा रकम संकलन गरी करिव २ लाख ६० हजार रुपैयाँको लागतमा सो ग्रामिण वस्तीका लागि सडक बत्ती जडानका साथै प्रत्येक घर–घरमा इन्टरनेट सेवा उपलब्ध गराइएको  जे.वाइ.सि मगर समाजका अध्यक्ष तुलचन थापाले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।

उहाँले थप्नु भयो "सामुहिक प्रयास र एकताको उदाहरण स्वरुप हामीले आफ्नै स्रोत साधनबाट काम सम्पन्न गरेका हौँ।"भन्दै अर्थपूर्ण मिडियासँग खुसी व्यक्त गर्नु भयो।


यी र यस्ता उदाहरणीय कार्यले अन्य ठाउँमा समेत प्रेरणा दिने जे.वाइ.सि मगर समाजको अपेक्षा रहेको छ।