तेस्रो वरियता लिने सहमति पछि गौतम आज एकीकृत समाजबादीमा प्रवेश गर्दै

तेस्रो वरियता लिने सहमति पछि गौतम आज एकीकृत समाजबादीमा प्रवेश गर्दै

साउन–२,२०८२,
काठमाडौं – एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै हुनुहुन्छ। एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा एकताको घोषणा हुन लागेको हो ।

सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा अभियानका संयोजक गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताउनु भयो। एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको बताइएको छ।

एकतासम्बन्धी सहमति पत्रमा गत असार २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गर्नु भएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्नु भएको थियो। यसअघि नेकपा एमालेमा जान खोजेका उहाँ अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिनु भएको थियो।