दर्ता शुल्क लिएर पनि भलिबल खेल सञ्चालन नगरेकोमा खेलाडीहरूको गुनासो

दर्ता शुल्क लिएर पनि भलिबल खेल सञ्चालन नगरेकोमा खेलाडीहरूको गुनासो

सुरेश छन्त्याल      
भदौँ-१२        
बागलुङ,मालिका भगवती मन्दि व्यवस्थापन समिति बा.न.पा -५ मालिका बागलुङले आयोजना गरेको भलिबल प्रतियोगिता कार्यक्रम स्तकित गरेको छ। 

कार्याक्रम स्तकित गरेपछि खेलाडीहरूले गुनासो गरेका छन् । आयोजक समितिले प्रतियोगिता गर्ने भन्दै टिम दर्ता शुल्क समेत संकलन गरे पनि अन्ततः खेल सञ्चालन गर्न नसकेपछि खेलाडीहरू असन्तुष्ट बनेका हुन्। खेलाडीहरूले शुल्क तिरेर खेल खेल्न नपाउनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले भने, “घोषणा गरेर, शुल्क लिएर पनि खेल सञ्चालन नगर्नु उचित होइन। आयोजकले वाचा पूरा गरेर खेल संचालन गर्नु पर्थ्यो।”

यसबारे आयोजक समितिले औपचारिक प्रतिक्रिया नदिएको खेलाडीहरूले बताएका छन्। खेल सञ्चालन नहुँदा खेलाडी मात्र नभई दर्शक र स्थानीयहरू समेत निराश बनेका छन्।  स्थानीयवासीले आयोजकले पारदर्शिता अपनाउनुपर्ने र खेलाडीहरूको लगानी खेर नजान दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन्।