नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

असार २५
जनकपुरधाम।
नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंहले हिजो प्रदेश सभामा सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जनकारी गराउनुभएको हो ।त्यसक्रममा उहाँले मधेश सरकारको बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबीसमेत गर्नुभयो ।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको थियो । यसैबीच मङ्गलबार तेस्रो दिन पनि प्रतिपक्षी दलहरूले मधेश प्रदेश सभा चल्न नदिएपछि स्थगित भएको छ ।

आगामी आर्थिक वर्षको बजेट मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको तथा बिचौलिया हाबी भएको भन्दै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षीहरूले सदन अवरुद्ध गरिरहेका छन् ।