नेपाल महिला संघ माण्डवी गाउँकार्यसमीति द्वारा तीज मिलन कार्यक्रम सम्पन्न

जन विश्वास मिडिया
साउन-२७
प्युठान।नेपाल महिला संघ माण्डवी गाउँ कार्यसमीतिको आयोजनामा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
माण्डवी गाउँपालिका वडा नं-१ त्रिवेणी धाममा भएको कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।यस्तै अन्य अतिथिहरुमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रदेश प्रतिनिधि तथा वडा नं २ का अध्यक्ष प्रकाश ओली,प्रदेश प्रतिनिधि मना खत्री ,महिला संघ प्युठानका अध्यक्ष भगवता बिष्ट,नेपाल शिक्षक संघ प्युठानका अध्यक्ष जानका के.सी,नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति ऋषि अधिकारी, ५ वटै वडाका सभापतिहरु रहनु भएको थियो।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै माननीय श्रेष्ठले महिलाहरु जहिले पनि आफ्नो क्षमता विकासमा क्रियाशील रहनु पर्ने बताउनु भयो।यस्तै कार्यक्रममा महिला संघको वर्तमान् अवस्था र भविष्यको रणनीति तथा कार्यदिशा बारे समीक्षा समेत गरिएको थियो।
कार्यक्रममा दर खाने तथा शुभकामना आदानप्रदान सहित तीजगितमा रमाईलो नाचगान गरिएको थियो।कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र सुवेच्छुक गरि करिब २०० जनाको सानदार उपस्थिति रहेको थियो।