पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले आज राजीनामा बुझाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।

आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।