बलात्कार आरोपमा मधेश प्रदेशका पूर्व-प्रमुख अहिराज कारागार चलान

बलात्कार आरोपमा मधेश प्रदेशका पूर्व-प्रमुख अहिराज कारागार चलान

साउन-१४       
काठमाडौँ ।मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 

उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। उनीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी यही साउन ४ गते पक्राउ परेका थिए। 

काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन्। अहिराजले ती महिला माथि नै मुद्दा हालेका छन्।