माण्डवीका मुख्य बजारक्षेत्र अव देखि शनिवार पनि खुला रहने

जन विश्वास मिडिया
साउन-२३
प्युठान।प्युठानको माण्डवी गाउँपालिकाको मुख्य बजार क्षेत्रहरु अब देखि शनिबार पनि खुला रहने भएका छन्।
उद्योग बाणिज्य संघ माण्डवी बजार क्षेत्रको आज बसेको प्रतिनिधिमुलक बैठकले बजार क्षेत्रहरु शनिबार पनि खुला राख्ने निर्णय गरेको हो। हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तीज,बडा दशै,तिहार र छठ पर्वलाई मध्यनजर गरि आज देखि छठ पर्व सम्मका लागि नै सेवाग्राहीहरुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ माण्डवीका मुख्य बजार क्षेत्रहरु शनिबार समेत खुला राख्ने निर्णय भएको उद्योग बाणिज्य संघ माण्डवी बजार क्षेत्रका अध्यक्ष तुल्सी राम केसीले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।
उहाँका अनुसार भोली शनिवार देखि देविस्थान,जस्पुर ,चकचके ,लामाचौर लगाएतका बजार क्षेत्रहरु छठ पर्व सम्मका लागि खुला रहने भएका हुन्।