यज्ञश्वरीले सार्वजनिक गर्यो परीक्षाको नतिजाःशौजन्यकर्ता प्रति विशेष आभार व्यक्त

अर्थपूर्ण मिडिया
साउन–८,२०८२
प्युठान।यज्ञश्वरी आधारभूत विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
माण्डवी गाउँपालिका – ४ सल्लीखर्क स्थित उक्त विद्यालयले गाउँपालिकाको निर्धारित वार्षिक शैक्षिक कार्यतालिका २०८२ अनुरुप गत असार २७ गते देखि साउन २ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
आज एक कार्यक्रमका विच विद्यालयले परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
विद्यालयका प्रधानाध्यापक चुमानसिंह गाहाको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष गोविन्द घर्तीको आतिथ्यता रहेको थियो। यस्तै नतिजा सार्वजनिक कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो।
कक्षा १ देखि कक्षा ८ सम्म कक्षा प्रथम,द्वितीय र तृतीय स्थान लिन सफल विद्यार्थीहरुलाई स्थानीय समाजसेवी धनबहादुर विश्वकर्माले पुरस्कार शौजन्य गर्नु भएको शिक्षक अभिमन्यु सिंले जानकारी दिनु भयो।
पुरस्कार शौजन्यकर्ता समाजसेवी विश्वकर्मालाई विद्यालयले विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रमको सहजीकरण शिक्षक यक बहादुर परियारले गर्नु भएको थियो।