वर्षे बिदालाइ उपयोगि बनाउन विद्यालयले अतिरिक्त कक्षा संचालन गर्ने

वर्षे बिदालाइ उपयोगि बनाउन विद्यालयले अतिरिक्त कक्षा संचालन गर्ने

अर्थपूर्ण मिडिया   
साउन-१३       
प्युठान।सालघारी प्राथमिक विद्यालयले व्यापक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

प्युठानको प्युठान नगरपालिका वडा नं-१ स्थित उक्त विद्यालयले वर्षे बिदालाइ सदुपयोग र उपलब्धिमुलक बनाउने उद्देश्यका साथ आज  विद्यालय व्यवस्थापन समीति र,शिक्षक अभिभावक संघका अध्यक द्वय सुनिल सापकोटा र तक बहादुर नेपाली ,भुतपुर्व विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष द्वय होम बहादुर नेपाली र बबिता नेपाली,प्रधानाध्यापक जायश्वर  न्यौपाने,विद्यालयका अन्य शिक्षक,विद्यार्थी ,र अभिभावकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको हो।

अन्तरक्रियाबाट वर्षे बिदालाइ उपयोगि बनाउन कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि अनिवार्य अतिरिक्त (कोचिङ्ग) कक्षा संचालन गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष सुनिल सावकोटाले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।

उहाँका अनुसार वर्षे बिदा सकिए पछि भने विहान ९ वजे देखि १० वजे सम्म अतिरिक्त कक्षा र १०वजे देखि ४ वजेसम्म नियमित पठनपाठनको व्यवस्था मिलाइनेछ।