विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विशेष अन्तरक्रिया सम्पन्न

टोपराम केसी
साउन–६,२०८२
गुल्मी।गुल्मीको गुल्मीदरबार गाउँपालिका ३ गौँडाकोट स्थित राजारुन्खा माध्यामिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नजिता प्रकाशन सँगै अभिभावकसँग विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ।
विद्यालयको प्राङ्गडमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष कमान सिं पुवारेको अध्यक्षता एवम् गुल्मीदरबार गाउँपालिका वडा नं ३ का अध्यक्ष राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै समाजसेवी डोल बहादुर पुर्वे रजालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अन्य आमन्त्रित अतिथि सँगै विद्यालयका शिक्षक,अभिभावक,सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
विद्यालयले गाउँपालिकाको निर्धारित वार्षिक शैक्षिक कार्यपात्रो अनुसार असार २९ गते देखि साउन ४ गते सम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षाको नजिता आज सार्वजनिक गरेको हो।
यसैविच विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा तथा विद्यालयको आगामी रणनीतिका सवालमा अभिभावकसँग पनि विशेष अन्तरक्रिया गरेको विद्यालय स्रोतले अर्थपूर्ण मिडियालाई जानकारी दिएको छ।
साथै अन्तरक्रिया कार्यक्रममा वर्षे विदाका समयमा विद्यार्थीका गृहकार्य तथा परियोजना कार्यमा स्वयम् सम्बन्धित अभिभावकले विशेष सहजीकरण गर्नु पर्ने कुरामा जोड दिदैँ विद्यालय संचालन हुने दिन नियमित रुपमा आफ्ना बालबालिकालाई विद्यालयमा पठाउन अभिभावकहरुलाई विद्यालयले अनुरोध समेत गरेको छ।शिक्षक ,विद्यार्थी र अभिभावक बिच भएको अन्तरक्रिययाबाट वर्षे विदामा कक्षा १–५ सम्म अतिरिक्त कक्षा संचालन गर्ने तथा अभिभावक शिक्षा प्रदान गर्ने निर्णय भएको छ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक युवराज कुवर क्षेत्रीले गर्नु भएको थियो।विद्यालय प्रति आम अभिभावकको चासो,चिन्ता र सहभागितामा वृद्धि हुँदै गएकाले विद्यालयको समग्र पक्षको सुधारमा सहज हुने विद्यालयको प्रतिक्रिया छ।