विद्यालय शिक्षा विधेयकका विरुद्धमा आन्दोलनको घोषणा

विद्यालय शिक्षा विधेयकका विरुद्धमा आन्दोलनको घोषणा

भदौ-७          
विद्यालय शिक्षा विधेयकमा सेवा प्रवेश उमेरहद ४० पुर्‍याउनुपर्ने र १२ कक्षा उत्तीर्णले आधारभूत तहमा पढाउनुपर्ने माग नसमेटिएको भन्दै सरोकारवालाले आन्दोलन घोषणा गरेका छन्।

४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले आफ्ना सबै पदाधिकारी र सदस्यलाई विरोध गर्न आग्रह गरेको छ।

गैरजिम्मेवार शक्तिविरुद्ध नेपाली नागरिक, शिक्षक तथा बुद्धिजीवी सबैलाई एकजुट हुन अपिल गरेको छ। राज्यले युवालाई कम सोचेर दबाउने प्रयासलाई परास्त पार्ने रणनीतिमा समिति कटिबद्ध भएको अपिल संघर्ष समितिका अध्यक्ष भक्त बुढाले विज्ञप्तिमार्फत जनाएका छन्। 

केही दिनअघि शिक्षा समितिको उपसमितिले बाहिर ल्याएको प्रतिवेदनमा आफ्ना माग छलफल त गरिए पनि नसमेटिएको उल्लेख छ।