सेवाग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडा सरकार

सेवाग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडा सरकार

कार्तिक-२      
प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं.५ सारीले  समुदाय स्तरबाट घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।

वडा अध्यक्ष गिर बहादुर घर्तीका अनुसार सेवाग्राहीको सहजताका लागि यसपटकबाट  कृषि विकास वैंकको सहायतामा त्यसरी सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो।तयारी स्वरुप आज अवेरसम्म वडाअध्य घर्ती सहित अन्य जनप्रतिनिधि र कर्मचारीहरु वैंकमा उपस्थित हुनु भएको थियो।


वडा सरकारले जनप्रतिनिधि र टोलविकास संस्थाका अध्यक्ष मार्फत् भत्ता घरमै पुर्याएर वितरण गर्ने व्यवस्था मिलाएको छ।यस्तै भोलि सार्वजनिक बिदा भए पनि वडा नजिकैका बस्तीका लाभग्राहीहरुलाई केन्द्रित गरी सेवा सुचारु गर्ने तयारी गरिएको छ।

यसवर्ष वडाले नगद रु.२२,३१,०००।अक्षेरुपि रु.बाईस लाख एक्तिस हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको वडा अध्यक्ष घर्तीले जानकारी दिनु भयो।वडा सरकारको उक्त कार्यको स्थानीय समुदाय देखि सामाजिक सञ्जालसम्म चौतर्फी स्वागत र प्रशंसा भैरहेको छ।