ह्याप्पी इनर्जी प्रा.लिका कार्यकारी अध्यक्ष बिस्टको पहलमा सहिद कुलुङ को।परिवार लाई आर्थिक सहयोग हस्तान्तरण

ह्याप्पी इनर्जी प्रा.लिका कार्यकारी अध्यक्ष बिस्टको पहलमा सहिद  कुलुङ को।परिवार लाई आर्थिक सहयोग हस्तान्तरण

२०८२/०६/०४

संखुवासभा । 

जेन—जी पुस्ता द्धारा शुसासन र देशमा आमुल परिर्वतको लागी गरिएको प्रदशनको क्रममा निधन भएका सखुवासभा जिल्लाको सिलिचोङ गाउँपालीका वडा नं ३ लकुवा घर भएका सहिद प्रविण कुलुङको परिवारलाई ह्याप्र्पी इनर्जी प्रा.ली, सानिमा हाइड्रोे एण्ड इन्जिनियरिङ प्राली , सुजता कम्पनी प्रा.ली ,न्युनो कन्ट्रक्सन प्रा.ली सितल जालपा कँन्टक्सन लगाएतका कार्यकारी अध्यक्ष,कार्यकारी निर्देशक निर्देशक ,निर्देशक ,संञ्चालक ,कर्मचारीहरु र मजदुरहरुबिचबाट जम्मा रु १ लाख ७३ हजार ३ सय ५ रुपैया शहिदका बुवा बालकिसोर कुलुङ र आमा मालती कुलुङलाइ हस्तान्त्रण गराइएको हो ।

कार्यक्रममा सिलोचोङ गाउँपालीका अध्यक्ष भुपालराज मेहावाङ वडा नं २ का वडा अध्यक्ष प्रताव सिङ तामाङ, वडा नं २ का वडा सदस्यहरु टिकाराम गुरुङ,अमन गुरुङ, पुर्व कार्यपालिका सदस्य , कुलुङ संघका महासचिव ,ह्याप्पी इनर्जी प्रालीका प्रोजेक्ट म्यानेजर ओम बहादुर गुरुङ, साइड इर्नाज सुर्य खड्का रमेश पन्थी, भुपेन्द्र थिम्रा लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा बोल्दै सिलिचोङ गाउँपालीका अध्यक्ष मेहावाङले प्रविण कु्लुङले देशको आमुल परिर्वतन ,भष्ट्राचारको अन्त्यको लागी गरिएको आन्दोलनको क्रममा मृत्यु भएका कुलुङको सपना पुरा गर्नको लागी आफु दत्त— चित्त भएर लाग्ने र लगाउने बताउनु भयो ।

सथै उहाले सहिद प्रविण कुलुङको स्मृतिमा पौवा, खेलकुद, वाटो, चौपारी कुनै एकको नामाकरण गर्ने बताउदै शोकाकुल घर परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मृत आत्माको चिर शान्ती एवम बैकुठ बासको कामना गर्नु भएको थियो ।

साथै उहाले आफुले एक गाँस कटाएर पनि सहिदको परिवारलाइ मलम लगाउने काम गरेकोमा ह्याप्पी इनर्जि प्रालीका सम्पुर्ण संचालक ,कर्मचारी मजदुर सवैलाइ धन्यावाद ज्ञ्यापन गर्नु भएको थियो । सहयोग रकम ह्याप्पी इनर्जी प्रा.लीका कार्यकारी अध्यक्ष इन्द्र बहादुर विष्टको पहलमा उठाइएको हो ।

प्रविण कुलुङ बाबा बाल किसोर कुलुङ र आमा मालती कुलुङका माइला सुपुत्र हुन उनको यहि भाद्र २४ गते भष्ट्रचार विरुद्धको जेन—जी आन्दोलनमा २१ वर्षको उमेरमा गोली लागी निदन भएको थियो । ह्याप्पी इनर्जी प्रालीले संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालीका वडा नं २ र ३ मा पर्ने माथिल्लो संखुवाखोलामा ४० मेगावाटको जलविद्युत आयोजनामा अन्तगर्तको काम भइरहेको छ ।