आज साउनको अन्तिम सोमबार

साउन-२६
आज साउन महिनाको अन्तिम सोमवार देशैभरका शिवालय मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लाग्यो।
साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वासका साथ आज बिहानैदेखी शिवालय मन्दिरमा दर्शनार्थीको भिड लागेको हो ।
भक्तजनहरुले मन्दिरमा भजनकीर्तन सहित नाचगान समेत गरेका छन् ।
साउनको पहिलो सोमवार देखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।
सोही अनुसार आज देशैभरका शिवालय मन्दिरहरुमा पुजा गर्ने भक्तजनको भिड लागेको थियो।