आजका मुख्य समाचार संक्षेपमा

आजका मुख्य समाचार संक्षेपमा

अर्थपूर्ण मिडिया
साउन-१५ 

  • दाङको तुलसीपुर बाट बिजौरी तर्फ जादै गरेको  रा १ त ३४७८ नम्बरको जाली बोकेको ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ।

  • कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ।

  • एक वर्षमै ५३ हजार व्यक्ति बैंकको कालोसूचीमा थपिएर ब्याज र किस्ता तिर्न नसक्दा कालो सूचीमा पर्ने बढेर १ लाख ३० हजारको कारोबार रोक्का भएको छ।

  • मन्त्रीहरुको काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा र सत्ता साझेदार दलहरुसँग परामर्श र गठबन्धनमा सहमति जुटे हेरफेर हुने सरकारका प्रवक्ताको भनाइ छ ।

  • दाताले हात झिकेपछि आफ्नै स्रोतमा आधारभूत स्वास्थ्य सेवा दिने सरकारको तयारी ःअत्यावश्यक केही सामग्री खरिद भइसकेको दाबी र कुपोषितका लागि चाहिने सप्लिमेन्टमा भने समस्या छ।

  • फ्रान्स र बेलायतपछि क्यानडाले पनि गर्‍यो प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने घोषणार गाजामा हमासका गतिविधि मान्य नहुने प्रधानमन्त्री कार्नीको भनाइ छ।

  • नेपालले २०२६ मा हुने आइसीसी महिला टि-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने ः पुस २८ देखि हुने प्रतियोगितामा १० देश सहभागी रहने छन् ।