उपिया पोल्दा गोठमा आगलागी ६ वटा बाख्रा जलेर नस्ट

उपिया पोल्दा गोठमा आगलागी ६ वटा बाख्रा जलेर नस्ट

टोपराम के.सी   साउन-१२  प्युठान। प्युठानको ऐरावती गाउँपालिका २ बरौल सिरेनीमा गोठमा आगलागि भएको छ।स्थानीय बिष्णु बहादुर जिसीको गोठको थारोमा उपिया पोल्ने क्रममा दिउँसो आगो लागेको वडा अध्यक्ष भिमेश घर्ती मगरले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।उहाँको अनुसार आगोलागिबाट २ वटा पाठा र ४ वटा बाख्रा जलेर मरेका छन् भने १ वटा बाख्रा घाइते भएको छ।स्थानीय वासी, स्थानीय सरकार र प्रशासनको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।आगोलाई सुरक्षित तरिकाले प्रयोग गर्न वडावासीहरुलाई वडा सरकारले अपिल गरेको छ।