टप इण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार 

टप इण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार 

साउन -३१         
काठमाडौँ ।टप इण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।  

आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले पराजित भएको हो।

जितका लागि बंगलादेश ए ले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान गरे पनि जित दिलाउन सकेनन्। आशिफ शेखले २८, लोकेश बलमे १५, कुशल भुर्तेलले १२ तथा कप्तान रोहितकुमार पौडेलले १० रन जोडे। 

करण केसीले ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १ रन बनाए। गुल्शन झाले खाता नै खोन्ल सकेनन्। 

त्यसअघि डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको बंगालादेश ए ले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो। 

बंगालादेश एकालागि जिशान आलमले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७३ रन जोडे। आफिफ हुसेनले अविजित ४८ तथा  कोहम्मद नैइम शेखले २५ रन बनाए । 

बलिङतर्फ रिजन ढकालले दुई तथा करण केसी,नन्दन यादव र सन्दीप लामीछानेले १–१ विकेट लिए। हिजो भएको पहिलो खेलमा नेपाल नर्दन टेरोटेरीसँग पराजित भएको थियो।