त्रिनेत्र मा.वि मधुनगरमा निःशुल्क आँखा जाँच शिविर, १ हजार ५५ जना लाभान्वित

धर्मेन्द्र कुमार कुर्मी
भदौ-५
कपिलवस्तु।कपिलवस्तुको विजयनगर गाउँ पालिकामा २ दिने निस्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगका आँखा जाँच शिविर भएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।
निस्शुल्क शिविरमार्फत १ हजार ५५ जनाले सेवा लिएका छन् । बुधबार वडा नम्बर २ मा रहेको जनजागृति मावि लोहरौलामा सञ्चालित शिविरबाट ४ सय ६७ जनाले सेवा लिएका छन् । जसमा १ सय ८२ जना पुुरुष र २ सय ८५ जना महिलाले सेवा लिएका हुन् । यस शिविरबाट ६० जना मोतिबिन्दुका बिरामीहरु भेटिएका छन् ।
यस्तै बिहिबार वडा नम्बर ७ त्रिनेत्र मावि मधुनगर(सोनवर्षामा दोस्रो दिन सञ्चालित शिविरबाट ५ सय ८८ जनाले सेवा लिएका छन् । जसमा २ सय ३८ जना पुरुष र २ सय ५० जना महिलाले सेवा लिएका छन् । जसमा ५२ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।
मोतिबिन्दु भएका बिरामीहरुलाई शल्यक्रियाका लागि आँखा अस्पताल बहादुरगञ्ज पठाइने आयोजकले जनाएको छ । शिविरमार्फत निस्शुल्क चश्मा र औषधी वितरण गर्नुको साथै आवश्यक सल्लाह, सुझाव र परामर्श सेवासमेत लाभग्राहीलाई प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिविरले आँखा सम्बन्धी समस्या पहिचान गर्नुको साथै समुदायलाई आँखा स्वास्थ्यबारे सचेत गराउने उद्देश्यले वर्षेनी शिविर सञ्चालन गर्दै आएको बताए । सबै क्षेत्रका मानिसहरूको उत्साहपूर्ण सहभागिता रहेको र स्थानीय बासिन्दाको स्वास्थ्यलाई प्राथमिकता दिनको लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष थापाले प्रतिबद्धता समेत जनाए ।
त्रिनेत्र माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष विजय कुमार चौधरीले गाउँघरमै निस्शुल्क सेवा पाउँदा स्थानीयहरु खुसी भएको बताउँदै आँखा जस्तो संवेदनशील अङ्ग जस्तो गम्भीर विषयलाई मध्यनजर गर्दै निस्शुल्क शिविरले अधिकांश विपन्न, गरिब व्यक्तिले सेवा प्राप्त गरेको बताए । यस्तो निरन्तर आयोजना गर्दै लैजानु पर्नेमा उनले जोड दिए ।