पाण्डबखानीमा दुई योजनाको सर्वे सम्पन्न

सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानीमा दुईवटा योजनाको सर्व कार्य सम्पन्न भएको छ। पाण्डबखानी माध्यमिक विद्यालयमा छात्रावास निर्माणका लागि विनियोजित रु. ७० लाख बराबरको बजेट अन्तर्गत जग्गा अनुगमन सहित आवश्यक प्रक्रिया पूरा भएको विद्यालयका प्रधानाध्यापक नविन सुनारले जानकारी दिनुभयो। उक्त कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित समिति सदस्य, गलकोट नगरपालिकाका प्राविधिक टोली, वडा सचिव धनसरा बढुवाल, पत्रकार लगायतको उपस्थिति रहेको थियो।