प्रेस चौतारी नेपाल दाङ शाखाको छैटौँ नियमित वैठक सम्पन्न

प्रेस चौतारी नेपाल दाङ शाखाको छैटौँ नियमित वैठक सम्पन्न

जन विश्वास मिडिया    
साउन-१६         
दाङ।प्रेस चौतारी नेपाल दाङ शाखाको वैठक सम्पन्न भएको छ।

प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा आज शाखाको छैटौँ  नियमित वैठक घोराहीमा सम्पन्न भएको हो।वैठकमा प्रेसचौतारी नेपाल लुम्विनी प्रदेशका सह-इन्चार्ज गणेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।

वैठकका प्रमुख बक्ताका रुपमा  मनोहर बुढाथोकी ,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सह इन्चार्ज गणेश आचार्य, दाङ जिल्ला इन्चार्ज दुर्गालाल केसी ,सल्लाहकार जेएन सागर लगायतले मन्तव्य राख्नु भएको थियो।

वैठकले २०८२ सालको हरितालिका तिजको अवसरमा भदौ ६ गते तिज पर्व र महिला सशक्तिकरण विषयमा विशेष कार्यक्रम गर्ने,महिला विभाग गठन गर्ने र प्रेस चौतारी नेपाल दाङको ईतिहास समेटिने गरि स्कारिका प्रकाशन गर्ने निर्णय गरेको  प्रेस चौतारी नेपाल दाङका उपाध्यक्ष लक्ष्मी पोख्रेलले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।