बाल विवाह निषेधित तथा शत प्रतिशत विद्यार्थी भर्ना वडा 

बाल विवाह निषेधित तथा शत प्रतिशत विद्यार्थी भर्ना वडा 

भदौँ-७          
जाजरकोट। जाजरकोट को भेरी नगरपालिका–९ ले शुक्रबार दिपेन्द्र मा.बि कालाभुर स्कुल नजिकै वडा कार्यलयको नजिकै , बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरेको छ।

कार्यक्रम पाँचतारा युवा संरक्षण मञ्च, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोग ,भेरी नगरपालिकाको साझेदारी, भेरी नगरपालिका वडा नं। ९ को आयोजनामा भदौ ६  (August 22, 2025)  सम्पन्न भएको हो । यहाँ पाँचतारा युवा संरक्षण मञ्च, प्रमुख प्रतिनिधि ,वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रमुख , प्रतिनिधि ,नगर प्रमुख ,अन्य जनप्रतिनिधि , विद्यालय ब्यबस्थापन अध्यक्ष ,प्रधानध्याप,विद्यार्थी ,अभिभावक लगाएत सबैको सक्रिय सहभागीता रहेको थियो ।


यस कार्यक्रममा हिरा प्रसाद शर्माको अध्यक्षतामा नगरप्रमुख चन्द्रप्रकाश घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियोे । उहाँहरूले बाल विवाह अन्तय र शैक्षिक अधिकार सुनिश्चित गर्न सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।


वडाले विद्यालय जाने उमेर समूह (४ देखि १२ वर्ष)का सबै बालबालिकालाई विद्यालय भर्ना गराएको र यसपछि अन्य वडाभर बाल विवाह निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ। 

यस घोषणाले बालबालिकाको शिक्षा र अधिकार संरक्षणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको बताएको छ ।