बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु

साउन-१५
कपिलवस्तु।कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ।
बिहिबार साढे छ बजेतिर नुहाउन गएका दुईजनाको घोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वार्ड नं ५ कोपवाका दीपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी तथा प्रेम चौधरीका १० वर्षीय छोरा निशान चौधरी मृत रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो ।