रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका न्यायीक सम्पादनमा अब्बल

शोभा जिसि कपिलवस्तु । रुपन्देही जिल्लाको ओमसतीया गाउँपालिका न्यायीक सम्पादनमा अब्बल देखिएको छ। आर्थिक वर्ष २०८१÷०८२ मा गाउँपालिकामा दर्ता भएका ६२ वटा विवादहरूमध्ये ४६ वटा विवादहरू सफलतापूर्वक निष्पादन गरिएका छन्।न्यायिक समितिबाट ३५ वटा र मेलमिलापकर्ताबाट ११ वटा गरी जम्मा ४६ वटा मुद्दा समाधान भएको हो। यसरी कुल विवादमध्ये ७४.१९ प्रतिशत विवादको समाधान गरिनु उल्लेखनीय प्रगति मानिएको छ। गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनीता चौधरीको सक्रियता र नेतृत्वमा यो सफलता सम्भव भएको बताइएको छ। स्थानीय तहमा न्यायको पहुँच सुनिश्चित गर्ने प्रयासस्वरूप गाउँपालिकाले न्यायिक कार्यमा देखाएको सक्रियता नागरिकहरूका लागि भरोसाको विषय बनेको छ । न्यान सम्पादन गर्दा उपाध्यक्ष चौधरीको भुमीका निकै निश्पक्ष हुने गरेको कुरा जिल्लाभरनै चर्चाको बिषयमा बनेको छ । स्थानीय समस्याको स्थानीय तहमै समाधान गर्दै आएको ओमसतीया गाउँपालिकाको यो कार्य स्थानीय तहहरूको लागि प्रेरणाको स्रोत बन्न सक्ने देखिएको छ।