रेडक्रस गतिविधि सक्रिय बनाउन पालिका समन्वयकर्ता अभिमुखिकरण
पवन पाेख्रेल २०८२ भाद्र १३ -प्यूठान
नेपाल रेडक्रस जुनियर तथा युवा रेडक्रस समिती प्यूठानको आयोजनामा प्यूठान जिल्लास्तरीय एक दिने रेडक्रस पालिका समन्वयकर्ता अभिमुखिकरण कार्यक्रम आज भाद्र १३ गते जुम्री स्थित हाेटल आयुस्मामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ !
उक्त कार्यक्रममा पालिकास्तरमा रेडक्रस गतिविधिहरू के कसरी सञ्चालन गर्ने, प्रतिवेदन लेखन र जिल्ला स्तरका कार्यक्रम साथै जिल्लामा भएका असल अभ्यासहरू, आगामी याेजनातर्जुमा विषयमा छलफल भएको थियाे ।
नेरेसाे प्यूठानका जिल्ला जुनियर तथा युरेस समिति संयाेजक सिब बहादुर एम सि काे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पदेन सदस्य गुमानराज पुलामी, दामाेदर शर्मा , घनस्याम न्याैपाने नेजुरेस प्यूठानका पदाधिकारीहरू , प्यूठान जिल्ला भित्रका स्थानीय तहका समन्वयकर्ता , लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकाे सञ्चालन समितिका सचिव रविन्द्र राेकाले गर्नुभएकाे थियाे ।