लुम्बिनीका तीन जिल्लामा धेरै वर्षा   

लुम्बिनीका तीन जिल्लामा धेरै वर्षा   

साउन २०               
पछिल्लो ६ घण्टामा लुम्बिनी प्रदेशका तीन जिल्लामा अधिक वर्षा भएको छ ।

मौसम विभागका अनुसार दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको हो । विभागका अनुसार पछिल्लो ६ घण्टामा बाँकेमा सबैभन्दा बढी १६० मिलिमिटर पानी परेको छ ।


यस्तै, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गए राति मधेश प्रदेश सहित अरु ठाउँमा पनि हल्का देखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ