विद्यालयमा खुशी साटासाट तथा सरसफाई कार्यक्रम सम्पन्न

सुरेश छन्त्याल
साउन-२३
बागलुङ।गलकोट नगरपालिका १० पाण्डबखानी स्थित पाण्डबखानीमा माद्यमिक विद्यालयमा हालै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू तथा अभिभावकहरूबीच खुशी साटासाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी भई आफ्नो सफलताका अनुभूति साझा गर्न आएका विद्यार्थी र अभिभावकहरूलाई विद्यालय प्रशासनले हार्दिक धन्यवाद ज्ञापन गर्दै अनुशासन, लगनशीलता तथा निरन्तर सफलताको शुभकामना व्यक्त गरेको विद्यालयका प्रध्यानापक नविन सुनारले जानकारी दिनु भयो ।
विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरूको मेहनत र अभिभावकहरूको साथले नै शिक्षामा सकारात्मक उपलब्धि सम्भव भएको हो।
त्यस्तै, शुक्रबार सरसफाई कार्यक्रम अन्तर्गत पाण्डबखानी स्वास्थ्य चौकी वरिपरिका क्षेत्रको सरसफाई गरिएको छ।
कार्यक्रमले स्वच्छ वातावरणको महत्वमा जनचेतना जगाउने उद्देश्य लिएको थियो। विद्यालय, स्थानीय बासिन्दा र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा सफा, स्वस्थ र हरित पाण्डबखानी निर्माणका लागि प्रतिबद्धता व्यक्त गरिएको स्वास्थ चौकिकि प्रमुख रत्ना सुनारले जानकारी दिईन् ।