विविध कार्यक्रम सहित विद्यालयको वार्षिक उत्सव सम्पन्न

कालिदास आत्रेय
भदौँ-९
गुल्मी।नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका-६,दौघा गुल्मीको ६८औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ।
चार दिन सम्म संचालित वार्षिक उत्सव समारोहमा विभिन्न खेलकुद प्रतियोगिता ,हाजिरी जवाफ प्रतियोगिता ,वक्तृत्वकला ,श्रुतिलेखन, मेमोरी गेम, तिजगित प्रतियोगिता ,अभिभावकहरुको म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिएको थियो।
विद्यालय व्यस्थापन समिति अध्यक्ष गणेश प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय रहनु भएको थियोे । त्यसैगरी विशिष्ट अतिथिहरुमा सामाजिक विकास समिति संयोजक गुणाकर ज्ञवाली , छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मी, पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली रहनु भएको थियो।
विद्यार्थी विपिन ज्ञवाली र विद्यालयका सहायक प्र.अ लक्ष्मण ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यार्थीहरुले स्वागत गित समेत प्रस्तुत गरेका थिए । सो अबसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय र विद्यालयमा स्थापित विभिन्न अक्षयकोष बाट पुरस्कार , प्रमाणपत्र र मेडल प्रदान गरिएको थियोे ।
साथै विद्यालयमा सेवा गरि सरुवा भएका पुर्ब शिक्षकहरुलाई मायाको चिनो सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै विद्यालयका शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो। सो अबसरमा विद्यालयका प्रधानाध्यापक गिरिराज भुसालले विद्यालयको शैक्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा पुर्ब शिक्षक भरत थापा,दौघा हरि आ.वि का प्र.अ कालिदास आत्रेय, विशिस्ट अतिथि थम्मन ज्ञवाली ,नारायण रेस्मी र प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको संचालन शिक्षक युवराज काफ्ले ले गर्नुभएको थियो ।