शान्तिदीप युवा क्लबको वार्षिकोत्सबः उद्घाटन शत्रमा ६ वटा टिम विच प्रस्तिस्पर्धा
असोज-२३
गुल्मी।
शान्तिदीप युवा क्लब छत्रकोट ६ मोहरे गुल्मीको १९ औ वार्षिकोत्सब समारोह तथा विजया दशमी र शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ।
यहि १९ गते देखि सुरु हुने भनिएको कार्यक्रम हिजो २२ गतेदेखी सुरु गरिएको आयोजकले जनाएको छ । हिजोदेखी सुरु भएको साविकको वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा ६ वटा टिम विच प्रस्तिस्पर्धा भएको थियो। मौसम प्रतिकुलताको कारण खेल सरेपछी खेलाडीको अन्योलताको कारण २३ गते दिनभर टिम दर्ता गर्न सकिने आयोजकले बताएको छ।
शान्तिदीप युवा क्लबका उपाध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाका वडा अध्यक्ष नारायण रेस्मी रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली र छत्रकोट गाउँपालिका कार्यपालिका सदस्य कमला ज्ञवाली रहनु भएको थियोे ।
क्लब का सदस्य अजित श्रीपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रमको संचालन क्लबका सस्थापक सचीव कालिदास आत्रेयले गर्नु भएको थियो।

