हरितालिका (तीज)को अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न 

हरितालिका (तीज)को अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न 

धर्मेन्द्र कुमार कुर्मी         
भदौ-७            
कपिलवस्तु।कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका (तिज)को अवसरमा शुभकामना आदान-प्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकाको सभाहल खडैचामा भव्यसभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम भएको हो । 

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको विशिष्ट आतिथ्यता, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्माको विशिष्ट आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षताका शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।