किर्तिपुरका सबै स्कुलमा नेपालभाषा अनिवार्य गराउन ध्यानाकर्षण

काठमाडौं । किर्तिपुरका स्थानीय तह अन्तर्गतका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य लागू गराउनमा सोमबार मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराएका छन् ।
नेपालभाषा अभियान्ताहरू नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले संयुक्तमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलालाइ ध्यानाकर्षण गराएको हो ।
नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले कीर्तिपुरका नीजि विद्यालयहरुमा अनिर्वाय रुपमा पठनपाठन नभएको प्रति ध्यानार्कषण गराएका थिए । कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले अहिले कीर्तिपुरका स्थानीय सरकारी विद्यालयहरुमा कक्षा ६ सम्म नेपाल भाषाको अध्ययापन भइरहेको जानकारी गराए । नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले कीर्तिपुर नगरपालिकामा नेपालभाषा विषयको सुव्यवस्थित ढंगबाट अध्ययान गराउनका निम्ति अनुगमन कमिटी गठन गर्नुपर्नेमा मेयर कृष्णमान डंगोललालाई ध्यानार्कषण गराएका छन् ।
नेपालको संविधान मातृभाषामा अध्ययन अध्यापन गर्न पाउने तथा बाग्मती प्रदेशमा कामकाजी भाषाको रूपमा कार्यान्वयन भएको अवस्थामा तामांग भाषा, नेपालभाषा अध्यापन गराउने अधिकार स्कुलमा रहेको छ।
नेपालको संविधानमा मातृभाषाबाट अध्ययन अध्यापन गर्ने तथा बाग्मती प्रदेशमा तामांग भाषा, नेपालभाषा कामकाजी भाषाका रूपमा कार्यान्वयन बाग्मती प्रदेशका विद्यालययमा अध्यापन गराउने व्यवस्था भएता पनि नेपालभाषा कीर्तिपुरका नीजि विद्यालयहरूमा नेपालभाषा विषय व्यवस्थित रूपमा अध्यापन नभएको प्रति पटक(पटक उनीहरूले ध्यानाकर्षण गर्दै आइरहेको छ।