गुल्मीदरबारमा संस्थापक अध्यक्ष स्वर्गीय थापाको स्मृतिमा वृक्षारोपण
 
                                असार,३१,२०८२
गुल्मी।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वृक्षारोपण कार्यक्रम गरेको छ।
 
गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय अशोक कुमार थापाको चौथो पुण्यतिथिको स्मृतिका अवसरमा आज गाउँपालिकाले गुल्मीदरबार आधारभूत अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो।
 
कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी र अस्पताल सञ्चालन तथा व्यवस्थापन समीतिका पदाधिकारीहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।
 
अस्पताल परिसरमा कपुर,क्रिस्मस,बेगम लगाएतका विभिन्न आकर्षक बिरुवाहरु रोपण गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले जानकारी दिनुभयो।
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
