जनप्राणी आ.विको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक

जनप्राणी आ.विको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक

अर्थपूर्ण मिडिया       
साउन-११    
प्युठान।जनप्राणी आधारभूत विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नजिता सार्वजनिक गरेको छ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं-१ कुसुण्डे स्थित उक्त विद्यालयले स्वर्गद्वारी नगरपालिकाको स्वीकृत वार्षिक शैक्षिक कार्यतालिका २०८२ अनुसार साउन ६ गते देखि ९ गते सम्म  प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो। आइतबार विशेष कार्यक्रमका विच नतिजा सार्वजनिक गरिएको विद्यालय स्रोतले जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष शिव बहादुर खत्री ,प्रधानाध्यापक गोपाल गुप्ता,अन्य शिक्षक तथा कर्मचारी ,विद्यार्थी एवम् अभिभावकको सहभागिता रहेको थियो।

कार्यक्रमा कक्षा १ देखि कक्षा ६ सम्म प्रथम,द्वितीय र तृतीय स्थान हाँसिल विद्यार्थीलाई वि.व्य.स.का अध्यक्ष खत्री र प्रधानाध्यापक गुप्ताले बधाई तथा शुभकामना व्यक्त गर्दैँ पुरस्कार वितरणमा सहजीकरण गर्नु भएको थियो।

प्रधानाध्यापक गुप्ताले अभिभावको विद्यालय प्रति चासो,चिन्ता र सहयोग नबढे सम्म विद्यालयको समग्र पक्षको सुधार सम्भव नहुने बताउँदै अभिभावक शिक्षाको आवश्यकता बोध गराउनु भयो।उहाँले वर्षे विदामा समेत आ-आफ्ना बालबालिकाहरुलाई गृहकार्य तथा परियोजना कार्य सम्पन्न गर्न/गराउन आवश्यक सहजीकरण गर्न अभिभावकहरुलाई निर्देशन दिनु भयो।