जाजरकोटमा प्रेस युनियनको सदस्यता अभियान

जाजरकोटमा प्रेस युनियनको सदस्यता अभियान

सारदा मगर                   
साउन-२०                  
जाजरकोट। नेपाल प्रेस युनियन जाजरकोटले खलंगामा आयोजना गरेको सय दिने सदस्यता अभियानको औपचारिक कार्यक्रम गरिएको छ। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितको टोली मङ्गलबार जाजरकोट पुगेका हुन् ।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपाने, कपिल कोइराला लगायतको सहभागिता रहेको हो । अध्यक्ष लम्सालले क्रियाशील पत्रकारहरूकै मात्र सदस्यता नवीकरण गरिने स्पष्ट पार्दै त्यसअनुसार जिल्ला शाखाहरूलाई निर्देश दिएका छन्। यही अभियान अन्तर्गत अब रुकुम पूर्व र पश्चिममा पनि कार्यक्रम सञ्चालन गरिने बताएको छ।

कार्यक्रममा प्रेस युनियन जाजरकोटका अध्यक्ष वासुदेव शर्मा, केन्द्रीय उपाध्यक्ष राजेन्द्र कार्की, जिल्ला सबै पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति थियो।