ज्येष्ठ नागरिकलाई सेवा दिन रुपन्देहीमा छत्रकोटको एकीकृत शिविरः-कुल २१७ जना लाभान्बित

ज्येष्ठ नागरिकलाई सेवा दिन रुपन्देहीमा छत्रकोटको एकीकृत शिविरः-कुल २१७ जना लाभान्बित

जन विश्वास मिडिया                      
साउन-१७                                 
रुपन्देही।गुल्मीको छत्रकोट गाउँपालिकाले विभिन्न कारणले रुपन्देही, कपिलबस्तु र नवलपरासीमा अस्थायी रुपमा बसोबास गर्ने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका गाउँबासीलाई तिलोत्तमाको डिङ्गरनगरमा एकीकृत शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरेको छ ।

सम्बन्धित वडामा पुगेर परिचय पत्र नवीकरण गर्न नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका गाउँबासीको सहजताको लागि गाउँपालिकाले तिलोत्तमामा एकीकृत शिविर सञ्चालन गरेको हो ।

 शिविरका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कर्मचारीहरुको टोली तिलोत्तमा पुगेको हो । रुपन्देही सहित आसपासका जिल्लामा ३ सय भन्दा बढी सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक बस्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


गाउँपालिकाले शनिबार डिङ्गर नगरको श्रृंगेश्वर धाममा एकीकृत शिविर सञ्चालन गरेको हो ।गाउँपालिकाले दिएको जानकारी अनुसार २०३जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको छ।यस्तै१ जनाको नयाँ सामाजिक सुरक्षा दर्ता ,७ वटा जन्म दर्ता  ,३ वटा मृत्यु दर्ता ,२ वटा बिवाह दर्ता र बिवाह दर्ताको प्रतिलिपि १ गरि कुल २१७जना ले सेवा लिएका छन् । शिविरबाट सेवा लिन यस क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु बिहानैं श्रृंगेश्वर धाम पुग्नु भएको थियो ।

आफ्ना छोराछोरीको पेशा व्यवसाय, रोजगारी र आफ्नैं उपचारको लागि तराईमा बस्न बाध्य भएका ज्येष्ठ नागरिकले आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता परिचयपत्र आफू बसेकैं ठाउँबाट गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।


संघीय सरकारले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको लागि बायोमेट्रिक अनिवार्य गरेकोले नवीकरण कार्यको लागि लाभग्राही स्वयं उपस्थित हुनुपर्छ । यहीँ कारण गाउँपालिकाले नवीकरण शिविर सेवाग्राही बसोबास गर्ने क्षेत्रमा सञ्चालन गरेको हो । गाउँपालिकाले काठमाडौंमा समेत यस्तै प्रकारको शिविर सञ्चालन गरेर ७१ जनाको परिचयपत्र नवीकरण गरेको छ । झण्डै २० हजार जनसंख्या रहेको छत्रकोट गाउँपालिकाले पहिलो पटक यसरी एकीकृत शिविर सञ्चालन गरेको हो ।

सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि कतिपयले राष्ट्रिय परिचयपत्र नबनाउँदा समस्या देखिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भएको गाउँपालिकालाइ उदृत गर्दै हाम्रा सहकर्मी कालीदास आत्रेयले जानकारी दिनु भएको छ।