पाण्डबखानीमै पुगेर घुम्टे मनि ट्रान्सफरद्वारा पेन्सन वितरण

सुरेश छन्त्याल
साउन-२०
बागलुङ।बागलुङको गलकोट नगरपालिका–१० पाण्डबखानीमा एभरेष्ट बैंक लिमिटेडको सहकार्यमा घुम्टे मनि ट्रान्सफरद्वारा जनकल्याणकारी भूपू सैनिक संघका पेन्सन प्राप्तकर्ताहरूलाई पेन्सन वितरण गरिएको छ।
वर्षायामको विषम परिस्थितिमा पाण्डबखानीमै पेन्सन वितरण गरिएको हुँदा समय र यातायात खर्च बचत भएको र घरदैलोमै सेवा प्राप्त गर्दा वृद्ध पेन्सनरहरू निकै खुसी भएका थिए।
पेन्सन वितरण कार्यक्रमबारे जानकारी दिँदै घुम्टे मनि ट्रान्सफरकी सञ्चालिका मिना श्रेष्ठले यस्तो सेवाबाट वृद्धवृद्धाहरूको आशीर्वाद पाइएकामा आफूहरू पनि सन्तुष्ट रहेको बताइन्। साथै, यस कार्यको पहल गर्नुभएकी गंगा घर्ति पुनप्रति धन्यवाद समेत व्यक्त गरिन्।
जनकल्याणकारी भूपू सैनिक संघका कोषाध्यक्ष गंगा घर्ति पुनका अनुसार पाण्डबखानीको सिद्धथान र गहिराभाटीमा गरी ६५ जना पेन्सनरहरूलाई पेन्सन वितरण गरिएको हो।