प्युठानमा पटकपटक बत्ती जाने समस्या प्रति तरुण दल प्युठानको ध्यानाकर्षण
 
                                असार,३०,प्युठान।
प्युठानमा पटकपटक बत्ती जाने समस्या भएपछि नेपाल थरुणदल प्युठानले ध्यानाकर्षण गराएको छ।
आज तरुण दल प्युठानका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बसेलले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो।बिद्युत उत्पादित जिल्लामा यस्तो अघोषित लोडसेडिङले बिद्युत प्रभावित जिल्लाका नागरिकहरुको सहज बिद्युत आपुर्ति गर्न पाउने अधिकारलाई कुण्ठित मात्र नगरी आम प्युठानी जनताको अपमान गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
पत्रमा जिल्लामा कृषि उत्पादन हुने कहियौँ जमिनलाई बाँझो राख्दै बिद्युत उत्पादनमा सहजीकरण गरेका आम जनताहरुको यो किसिमको अपमानका विरुद्ध नेपाल तरुणदल जिल्ला कार्यसमीति प्युठान चरणबद्ध आन्दोलन गर्ने सम्बन्धित निकायहरुलाई जानकारी गराउन चाहेको लेखेको छ।
तत्काल यो समस्याको समाधान नभए सम्म नागरिक स्तरबाट दबावमुलक कार्यक्रम सहित नेपाल तरुणदल जिल्लाकार्यसमीति प्युठानले आफ्ना बिरोधका कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराउँदै सम्बन्धित निकायलाई तत्काल समस्याको समाधान गर्न ध्यानाकर्षण गरेको नेपाल तरुण दल प्युठानका अध्यक्ष बसेलले जानकारी दिनु भयो।
 
                        
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
