बागलुङकी भेषकुमारी पाइजाको सुरक्षित डेलिभरी

सुरेश छन्त्याल
साउन-१४
बागलुङ ।बागलुङको बडिगाड गाउँपालिका–८ की २४ वर्षीया भेषकुमारी पाइजाले प्रसूतिको मितिमा ढिलाइ भए पछि अन्ततः सुरक्षित रूपमा बच्चा जन्म दिन सफल हुनु भएको छ।
असार २४ गते डेलिभरी हुने भनिए पनि सो दिन सम्म प्रसूति नहुँदा परिवारले उहाँलाई बुर्तिबाङ अस्पतालमा पुर्याएको थियो। अस्पतालले भिडियो एक्स–रे गरेर अझै एक हप्ता समय बाँकी रहेको जानकारी दिएको थियो। त्यसपछि उनलाई अस्पतालमै १० दिन राखिएको परिवारले जनाएको छ।
तर त्यहाँ पनि डेलिभरी नभए पछि परिवारले उहाँलाई गल्कोट नगर अस्पताल लगेको हो।असार २४ गते गल्कोट अस्पतालमा गरिएको अर्को भिडियो एक्स–रेमा गर्भावस्थाको ३८ हप्ता पुगेको देखाएपछि उहाँलाई आराम गर्न सुझाव दिइएको थियो।
भेषकुमारी आरामका लागि हटिया बजारमा बस्नु भयो। त्यसपछि साउन १२ गते अस्पताल पुगेकी उहाँ साउन १३ गते बिहान ५ :४० बजे सुरक्षित रूपमा बच्चा जन्म दिन सफल हुनु भएको छ। बच्चा र सुत्केरी आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।